एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने पाकिस्तानी राष्ट्रिय टोलीमा फेरबदल गरिएको छ ।
पाकिस्तानले गत बैशाख ५ गते सार्वजनिक गरेको १५ सदस्सीय टोलीमा ३ खेलाडी परिवर्तन गरिएको हो । पाकिस्तानले अबिद अलि, फहीम आश्रफ र जुनिद खानलाई परिवर्तन गरिएको छ ।
उनीहरुको स्थानमा मोहमद आमिर, आसिफ अलि र वाहब रियाजले पाकिस्तानी टोलीमा स्थान बनाएका छन् । हाल इङ्ल्याण्डमा रहेका आमिरको ठ्याउला निको भएको कारण टिममा राखिएको हो ।
पाकिस्तानको नयाँ टोलीमा कप्तान सर्फराज अहमेदसंगै मोहमद आमिर,बाबर आजम, आसिफ अलि, फखर जमान, हरिस सोहिल, हसन अली,इमाद वासिम र इमाम उल रहेका छन् ।
यस्तै वाहब रियाज, मोहमद हाफिज, मोहमद हसन, शादब खान, शाहिन साह अफ्रिदी र शोयब मल्लिक टोलीमा अटाएका छन् ।
इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप आगामी मे ३० बाट सुरु हुनेछ । पाकिस्तानले ३१ मे मा वेष्ट इण्डिजविरुद्ध खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।