एजेन्सी । नेदरल्याण्डले यु–१७ फुटबल टिमले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा इटालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डले लगातार दोस्रो पटक उमेर समुहको युरो कपको उपाधि उचालेको हो ।
अघिल्लो बर्ष समेत नेदरल्यान्डले इग्ल्यान्डलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचालेको थियो ।
ईटालीविरुद्व एकपक्षित जित निकाल्ने क्रममा नेदरल्यान्डले पहिलो हाफमै तीन गोल गरेको थियो ।
सन्च ह्यान्सनले २० औं मिनेटमा डच टोलीलाई अग्रता दिलाएका थिए । नोफ्याल ब्यानिसले ३७ औं मिनेटमा अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा लान म्याटसनले नेदरल्याण्डका लागि तेस्रो गोल गरे ।
इटालीका लोरेन्जो कोलम्बोले ५६ औ मिनेटमा गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए । तर नेदरल्यान्डका नासी एनुभारले ७० औं मिनेटमा खेल ४–१ को स्थितीमा पु¥याए ।
खेल सकिन एक मिनेट बाँकी छदा कोलम्बोले व्यक्तिगत दोस्रो गोल गर्दै हार अन्तर घटाउने काम गरे ।
पछिल्लो समय विश्वकप र युरो कपमा निराशाजनक प्रर्दशन गर्दै आएको नेदरल्याण्डको उमेर समुहको टोलीले उपाधि जित्दै युरोपेली फुटबलमा पुन बलियो भएर फर्कने संकेत गरेको छ ।