काठमाडौं । अनुभवी मिडफिल्डर जगजित श्रेष्ठले राष्ट्रिय फुटबल टिममा पुनरागमनको आशा रहेको बताएका छन् ।
लामो समययता अष्ट्रेलियामा बस्दै आएका जगजित अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागि छन् ।
खेलपाटीसंग कुरा गर्दै उनले फेरी राष्ट्रिय टिममा फर्कनेमा आफु आशावादी रहेको बताए ।
नेपालले जुनको पहिलो साता दुई अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्दैछ । विश्वकप छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघले दुई मैत्रिपुर्ण खेलको व्यवस्था गरेको हो । सोही मैत्रिपुर्ण खेलका लागि नेपाली टिम अहिले अभ्यास गरिरहेको छ ।
नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाईनिज ताईपेईसंग खेल्दैछ ।
नेपालले दुबै खेल देश बाहिर खेल्न लागेको हो ।
मैत्रिपुर्ण खेलका लागि स्विडिस प्रशिक्षक योहान कालिनको नेतृत्वमा खेलाडी प्रशिक्षणमा व्यस्त छन् ।
प्रशिक्षक कालिनले विहान र बेलुकी दुई समय अभ्यास गराउँदै आएका छन् ।
अष्ट्रेलियामा ब्यवसायिक फुटबल खेलिरहेको जगजित समेत राष्ट्रिय टिममा पुनरागमन गर्ने लक्ष्यमा छन् ।
तीन बर्षदेखि टिमबाट बाहिर रहँदै आएका उनी अष्ट्रेलियामा बस्दै आएका छन् ।
तयारीको अन्तिम समयमा खेलपाटीसंग कुरा गर्दै उनले यसपटक राष्ट्रिय टिममा स्थान बनाउने बताए ।
‘धेरै भयो टिम बाहिर रहँदै आएको छु । यसपटक पर्छु जस्तो लागेको छ ।’ उनी भन्छन्,‘ पहिलेको भन्दा राम्रो तयारी भईरहेको छ । यो पटक राम्रो भएको छ । टिममा फर्कन्छु जस्तो लागेको छ ।’
राष्ट्रिय टिमका पुर्व मिडफिल्डर श्रेष्ठले अष्ट्रेलियामा युरोपको नयाँ शैली अनुसार खेल्ने गरेको हुदाँ सुरुमा केही समस्या भएको उल्लेख गरे ।
‘उता युरोपेली शैलीबाट खेल्ने हुन्छ । यहाँ पासिङ फुटबलमा बढी केन्द्रित छौ ।’ उनले भने ।
दुई मैत्रिपुर्ण खेलका लागि नेपाली टिमको अन्तिम नामावली यसै साता सार्वजनिक हुदैछ ।