ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम एनआरटीले विजयी सूरुवात गरेको छ । उद्घाटन खेलमा एनआरटीले मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
ललितपुरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा विजेता एनआरटीका लागि साहिल केसी, विशाल क्षेत्री र निर्मल घिसिङले समान एक एक गोल गरे । मछिन्द्रका सरद राईले एक गोल फर्काए ।
समुह एबाट एनआरटीले महत्वपुर्ण ३ अंक जोडेको छ ।
यस्तै दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई ४ - ० ले हराएको छ । आर्मीको जितमा दिनेश हेम्जनले दुई तथा सेसेहाङ लिम्बु र विवेक चौधरीले एक एक गोल गरे ।