एजेन्सी । ईङ्ल्याण्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले म्यानचेष्टर सिटीका फरवार्ड रहिम स्टर्लिङलाई कप्तान बनाउन आफुलाई कुनै सङ्कोच नभएको बताएका छन् ।
उनले नियमित कप्तान ह्यारी केन चोटका कारण मैदानमा उत्रन नसक्ने अवस्थामा म्यानचेष्टर सिटीका स्टार स्टर्लिङले नेसन्स लिगमा टिमको नेतृत्व गर्न सक्ने बताए ।
मुख्य प्रशिक्षक साउथगेटले स्टर्लिङले नेसन्स लिगको सेमिफाईनलमा नेदरल्याण्डविरुद्व टिमको कप्तानी गर्दै सिजनको उत्कृष्ट सुरुवात गर्न सक्ने बताएका हुन् ।
सो खेल स्टर्लिङको राष्ट्रिय जर्सीमा ५० औ खेल हुनेछ ।
उनको क्लब म्यानचेष्टर सिटीले गत शनिबार र्ईङलिस क्लब ईतिहासमा नयाँ रेकर्ड कायम गरेको थियो । उसले वाटफोर्डलाई पराजित गर्दै सिजनको तेहरो उपाधि उचालेको थियो ।
एफ ए कपको फाईनलमा लिभरपुलका पुर्व स्टार स्टर्लिङले ह्याट्रिक गरेका थिए । तर उनको पहिलो गोल ग्याब्रियल जिससको नाममा रह्यो । ब्राजिली स्टारले प्रहार गरेको बलले अगाडीनै गोल लाईन क्रस गरेको देखियो । सोही बललाई टस गर्दै स्टर्लिङले पोस्ट भित्र छिराएका थिए ।
मुख्य प्रशिक्षक साउथगेटले युवा स्टार स्टर्लिङलाई सम्भावित कप्तानको रुपमा अघि सारेका छन् । नियमित कप्तान ह्यारी केन चोटका कारण नेसन्स लिगको खेलमा अनुपस्थित भएमा सो भुमिका स्टर्लिङले प्राप्त गर्न सक्ने बताईएको छ ।
'उनीमा नेतृत्व विकास भईरहेको छ । उनले पछिल्लो १२ महिनामा आफुलाई परिपक्क रुपमा अघि सारेका छन् ।' साउथगेटमा पत्रकार सम्मेलनमा भने ।
'तपाई उसको परिपक्कता देख्न सक्नु हुन्छ । उसमा के भईरहेको छ, मैदानमा जे देखिएको छ । मलाई लाग्छ, उसले महशुश गरेको छ ।' उनले भने ।
'उ चुनौतीसंग बढेको देखिन्छ । सोही कारण उसलाई कप्तान बनाउन मलाई कुनै आपत्ती छैन ।' उनले थपे ।
आक्रमक मिडफिल्डरको भुमिका समेत जमेका उनले विश्वकपमा गोल गर्न नसक्दा चर्को आलोचना भएको थियो । तर अक्टोबर पछि उनले राष्ट्रिय टिमबाट पछिल्ला तीन खेलमा ६ गोल गरेका छ । चेक रिपब्लिकाविरुद्व उनले ह्याट्रिक समेत गरेका थिए ।
उनी यस सिजन प्रिमियर लिगको बर्ष युवा खेलाडी समेत घोषित भए । र फुटबल राईटर्स एसोसियसनबाट प्लेयर अफ दी इयर चुनिए । उनले एफ ए कपसंगै काराबाओ कप र लगातार दुई प्रिमियर लिग उपाधि समेत उचालेका छन् । उनले यस सिजन सबै प्रतियोगितामा क्लबबाट २६ गोल गरेका थिए ।
केनको नामलाई समावेश गर्दै इङ्ल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । तर चोटका कारण उनी अप्रिल ९ यता मैदान देखिएका छैनन् । ।
सोही कारण उनी च्याम्पियन्स लिगको फाईनलमा लिभरपुलविरुद्व उत्रनेमा शंका छ ।