एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनले आफु चोटबाट मुक्त भईसकेको बताएका छन् ।
बेल्जियममा प्ले मेकर ब्रुएन यस सिजन चोटका कारण अधिकांस समय मैदान बाहिर रहेका थिए । तर, ब्रुएन शनिबार राति भएको एफए कपको फाइनलमा मैदान उत्रिएका थिए ।
वाट्फोर्डविरुद्धको फाइनलमा ब्रुएनले एक गोल समेत गरेका थिए । जुन खेलमा सिटीले वाट्फोर्डलाई ६–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
उपाधि जितेपछि बीबीसीसंग बोल्दै ब्रुएनले आफु मानसिक रुपमा समेत स्वस्थ्य रहेको बताए ।
‘यसले सम्मानको महसुस गराएको छ ।’ ब्रुएनले बीबीसीसँग भने,'टोटेनहमसँगको चोटपछि अहिले म मानसिक रुपमा ठिक छु ।’
ब्रुएनले गत अप्रिलमा चोट बोकेका थिए । टोटेनहमसंगको खेलमा उनी घाइते भएका थिए । त्यसअघि ब्रुएनले गत कार्तिकमा काराबाओ कप अन्तर्गत फुलहमसंगको खेलमा घुँडाको चोट बोकेका थिए । उनको घुँडाको लिगामेन्ट च्यातिएको थियो ।
‘यो वर्ष पाँच पटक चोट लाग्नु धेरै हो । तर केही दिनअघि टिममा फर्कन तयार थिए र फाइनल खेल जित्न उनीहरुलाई सहयोग गरे ।’ ब्रुएनले थपे, 'यो सिजनको बाटोमा कसैले हामीलाई आर्शीवाद दिएको महसुस गरे । मैले सबैलाई म अझैपनि त्यहीं हुँ भनेर देखाए र अर्काे सिजन योभन्दा उत्कृष्ट हुने आशा गरेको छु ।’