एजेन्सी । वेष्ट इण्डिजले अलराउण्डर केईरन पोलार्ड र ड्वेन ब्राभोलाई आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने टिमको बैकल्पिक खेलाडीको सूचीमा राखेको छ ।
वेष्ट इण्डिजले आइतबार निकालेको १० बैकल्पिक खेलाडीको सूचीमा पोलार्ड र ब्राभोलाई समावेश गरेको हो । दुवै खेलाडी विश्वकप खेल्ने १५ सदस्य टिमबाहिर रहेका थिए ।
बैकल्पिक खेलाडीको सूचीमा पोलार्ड र ब्राभोसंगै सुनिल अम्ब्रिस, जोन चाम्प्बेल, जोनानाथ कार्टर, रोस्टोन चेस, शेन डोरीच,केमो पाउल,खारी पिएर्रे र रेमन रेइफेर रहेका छन् ।
इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप आगामी मे ३० बाट सुरु हुनेछ ।
वेष्ट इण्डिज टिम :
जासन होल्डर, फबियान एलन, कार्लोस ब्रैथवैट, डरेन ब्राभो,सेल्डोन कोट्रेल, सानोन गाब्रियल, क्रिस गेल, शिम्रोन हिटमायर, साई होप, इभान लेविस, एशले नर्स, निकोलस पुरन, किमार रोच, आन्द्रे रसेल, ओसाने थोमस
यो पनि पढ्नुस -
विश्वकप खेल्ने १० राष्ट्रको राष्ट्रिय टिम तय, कुन टिममा कस्ता खेलाडी ?