एजेन्सी । अफगानिस्तान क्रिकेट टिमले छोटो फर्म्याटकाे क्रिकेटमा जबर्जस्त प्रर्दशन सुधार गरेको छ । सोही कारण आगामी विश्वकप क्रिकेटमा कुनैपनि टिम अफगानिस्तानलाई कमजोर मान्ने गल्ती गर्ने छैनन् ।
क्रिकेट पण्डित समेत गुलबदिन नैबका टिम विश्वकपको दौरान एक पछि अर्को आश्चार्यचकित परिणाम निकाल्न सक्ने बताउँछन् । टिमका स्टार बलर राशिद खानले समेत ठुलो टिमलाई चेतावनीको भाषामा अफगानिस्तानसंग सचेत रहन बताएका छन् ।
आफ्नो टिम विश्वकपमा शानदार प्रर्दशन गर्न प्रतिज्ञारत रहेको उल्लेख गर्दै उनले अफगानिस्तान कागजमा मात्र राम्रो नभएको देखाउन चाहेको बताएका छन् ।
टिमले मैदानमा समेत शानदार प्रर्दशन गर्न चाहेको उनको भनाई छ ।
लेग स्पिनर राशिद खानले टी–२० र एकदिवसीय खेलमा उत्कृष्ट बलिङ गर्दै प्रर्दशनमा उल्लेख्य सुधार गरेका छन् ।
यिनै घातक बलर अफगानिस्तानको जितको आधारको रुपमा रहेका छन् ।
‘हाम्रा लागि मैदानमा गरेर देखाउने समय हो । हाम्रो सम्पुर्ण ध्यान यसैमा केन्द्रित छ । विश्वकपका लागि हामीले धेरै मेहनत गरेका छौ । हामी विश्वकप खेलेर मात्र खुसी मनाउने अवस्थामा छैनौ । हाम्रो लक्ष्य अझ फरक छ । हामी विश्वकपमा राम्रो प्रर्दशन गर्न चाहन्छौ ।’ उनले भनेका छन्, ‘अफगानिस्तानसंग विश्वकपमा भाग लिने अन्य टोली जत्तिको अनुभव छैन । तर हामी आफ्नो खेल क्षमताले ठुलो खेलमा राम्रो प्रर्दशन गर्न चाहन्छौ । हामी देखाउन चाहन्छौ, अफगानिस्तान कागजमा मात्र राम्रो टिम होईन । एसिया कपमा हामीले देखाएका थियौ, अब पालो विश्वकपमा आएको छ ।
यसअघि दबाबमा राम्रो प्रर्दशन गर्न नसकेको स्विकार गर्दै लेग स्पिनर खानले एसिया कपको अनुभव विश्वकपमा देखिने उल्लेख गरे ।
अफगानिस्तानमा राशिदसंगै मुजीब अर रहमान र मोहम्मद नाबी समेत रहेका छन् ।