एजेन्सी । वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले जर्मन बुन्डेस लिगा फुटबलको गोल्डेन बुट (सुनको जुत्ता) अवार्ड जितेका छन् ।
वायर्नलाई बुन्डेस लिगाको उपाधि दिलाउन मुख्य भूमिका खेलेका लेवान्डोस्कीले यस सिजन सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका हुन् ।
लेवान्डोस्कीले यस सिजन २२ गोल गरे । र, लेवान्डोस्की बोरुसिया डर्टमण्डका पाको अल्कासर भन्दा ४ गोलले अघि रहे ।
लेवान्डोस्कीले लगातार दोस्रो सिजन गोल्डेन बुट जितेका हुन् । समग्रमा लेवान्डोस्कीले चौंथो पटक यस अवार्ड हात पारेका हुन् ।