काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्सको उच्च श्रेणीको लिग धिवेही प्रिमियर लिगको दोस्रो खेलमा टिसीले बुधबार फेहेन्धू फुटबल क्लबलाई ३ – ० ले हराएको हो । टिसीलाई जित दिलाउन अली अस्फाकले दुई तथा इब्राहिम महुधीले एक गोल गरे ।
टिसीको जितमा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए । फेहेन्धू टोलीको केहि उत्कृष्ट आक्रमणहरु किरणले बचाएका थिए । किरण अघिल्लो सिजन पनि यसै क्लब बाट खेलेका थिए ।
किरणले पहिलो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । टिसीले पहिलो खेलमा निलान्डो फुटबल क्लबलाई ६ - १ गोल अन्तरले पराजित गरेको थियो ।