एजेन्सी । प्रतिबन्ध पछि मैदान फर्किएका केलियन एम्बाप्पले दुई गोल गरेपछि फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन पीएसजीले डिजोनलाई ४–० गोल अन्तरले हराएको छ ।
फ्रेन्च कपको उपाधि भिडन्तको खेलमा रातो कार्ड खाएका एम्बाप्पेलाई दुई खेलको प्रतिबन्ध लागेको थियो । प्रतिबन्धबाट फर्किएका एम्बाप्पेले दुई गोल गरेपछि पीएसजीले फ्रान्सेली लिगको पछिल्लो खेलमा सहज जित निकाल्यो ।
अन्य गोल एन्जल डि मारिया र ईभिन्सन काभानीले गरे ।
खेलको तेस्रो मिनेटमा पीएसजीले अग्रता मारियाको गोलबाट लिएको थियो । त्यसको एक मिनेटपछि काभानीले पीएसजीका लागि दोस्रो गोल गरे । ३६ औ मिनेटमा एम्बाप्पेले पीएसजीका लागि चौथो गोल गरेका थिए ।
५६ औ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
यसअघिनै लिग उपाधि उचालेको पीएसजीको ९१ अंक भएको छ । ३१ अंक सहित रेलिगेशन जोनमा रहेको डिजोन अर्को सिजन घटुवा हुने पक्का भएको छ ।