एजेन्सी । म्यानचेष्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले एकै सिजनमा तेहरो उपाधिको उपलब्धी पुन दोहरिन सक्ने बताएका छन् । एफ ए कपमा वाटफोर्डलाई ६–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेपछि प्रशिक्षक ग्वार्डिओलाले सो कुरा बताएका हुन् ।
उनले च्याम्पिन्स लिगको उपाधि भन्दा एकै सिजनमा घरेलु फुटबलका तीन उपाधि जित्न कठिन हुने बताए । तर सिटीले पुन सो सफलता दोहर्याउन सक्ने उनको तर्क छ ।
एफ ए कपसंगै सिटीले लिग कप र प्रिमियर लिगको यस सिजनको उपाधि उचालेको छ ।
सिटी च्याम्पियन्स लिगमा क्वार्टरफाईनलमा टोटेनहमसंग पराजित हुदै बाहिरिएको थियो ।
'उत्कृष्ट मध्यको एक सिजन रह्यो । प्रशिक्षकको रुपमा मैले अनुभुत गरेको चिज हो । म यो सबैभन्दा उत्कृष्ट त भन्दिन् तर त्यो मध्य एक हो ।' प्रशिक्षक ग्वार्डिओलाले भने ।
'सबै प्रतियोगिता खेल्नु र अविश्वसनीय टिमसंग घरेलु फुटबलमा पहिलो पटक सफलता हात पार्नु भनेको एक टिमले यो सफलता हात पार्छ भने फेरी एक पटक दोहरिनेछ ।' इङलिस फुटबलमा ऐतिहासिक उपलब्धी हासिल गरेकाे उनी भन्छन् ।
'म च्याम्पियनस लिगलाई माया गर्छु । तर यो च्याम्पियन्स लिग जित्नु भन्दा कठिन हो ।' उनले थपे ।
उनले क्लब व्यवस्थापन र खेलाडीनै सबै सफलताको हकदार भएको बताए ।
ग्वार्डिओलाले खेलाडी सरुवा बजारमा गएर नयाँ खेलाडी ल्याउने समेत संकेत गरेका छन् ।
'केही खेलाडीले निरन्तर गल्ती गरिरहेका छन् । तर त्यसलाई सुधार गर्न आवश्यक छ । केही सिमिति खेलाडी थपिन सक्छन्, जसले हामीले खेलिरहेको बाटोमा सहयोग गर्नेछन् ।' उनले थपे, 'हामीले बिर्सन हुदैन कि प्रिमियर लिगमा हामी मात्र एक अंकले अगाडी रहदै लिग जितेका थियौ ।'
सिटी पछिल्लो समय एट्लेटिको मड्रिडका रोड्रीसंग सम्पर्कमा छ । जसले चोटका कारण लामो समय मैदान बाहिर रहेका फर्नान्डिन्होको स्थान लिन सक्नेछन् ।