एजेन्सी । बार्सिलोनाका पुर्व फरवार्ड रिभाल्डोले ब्राजिली स्टार नेयमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छाडेर स्पेनिस क्लब रियल मड्रिड जान सुझाव दिएका छन् ।
जर्मनीको एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिदै रिभाल्डोले नेयमार विश्वको उत्कृष्ट खेलाडी बन्न ठुला क्लबमा जानुपर्ने बताए ।
उनले भने, ‘यदी नेयमारले बालेन डि ओर, फिफा बर्ष खेलाडी जित्न चाहन्छन् भने उनी कुनै ठुलो क्लबमा गएर खेल्नपर्छ ।’
‘पेरिस सेन्ट जर्मेनमा नयाँ प्रशिक्षकसंग उनी कहिल्यै विश्वको उत्कृष्ट खेलाडी बन्न सक्दैनन् ।’ उनले थपे ।
‘उनले नयाँ प्रशिक्षकको अधिनमा रहेर पीएसजीबाट फिफा बालेन डि ओर जित्न सक्दैनन् । उनले स्पेन गएर फुटबल खेल्न आवश्यक छ । त्यसैले खेलाडी सरुवा बजारमा नेयमारकालागि रियल महत्वपुर्ण छ ।’ उनले भने ।