एजेन्सी । स्पेनले सन् २०२० को युरोकप फुटबलको छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । स्पेनले शुक्रबार युरोकप छनोट खेल्ने २३ सदस्सीय स्पेनिस टोलीको घोषणा गरेको हो ।
स्पेनिस टोलीमा मिडफिल्डर सान्टी काजोर्लाले चार वर्षपछि स्थान बनाएका छन् । आर्सनलका पुर्व मिडफिल्डर काजोर्लाले पछिल्लो समय स्पेनबाट सन् २०१५ मा खेलेका थिए ।
एङ्कलको चोटका कारण मैदानमा ३४ वर्षीय काजोर्लाले टिममा स्थान बनाउन सकेका थिएनन् । उनले स्पेनबाट ७७ खेलमा १४ गोल गरिसकेका छन् ।
स्पेनमा युरोकप छनोटको पहिलो खेलमा फारोए आइसल्याण्डसंग जुन ७ मा खेल्दैछ । यस्तै जुन १० मा स्विडेनसंग खेल्नेछ ।
स्पेनिस टिम :
गोलकिपर : डेभिड डी गिया, केपा अरीजाबलगा, पाउ लोपेज
डिफेन्डर : डानी कार्भाजल, सर्जियो रामोस,मारियो हेर्मोसो,डिएगो लोरेन्टो,मार्टिनेज, जोर्डी अल्बा,सेर्गी रोबर्टो,जोसे गया, जेसस नाभास
मिडफिल्डर : सेर्जियो बुस्केट, रोड्रिगो हर्नान्डेज, डानी परेजो,इस्को,फाबियन रुइज,सान्टी काजोर्ला
फरवार्ड :मिकल ओयार्जबल, रोड्रिगो मोरेनो, मार्को एसेन्सियो, इआगो आसपस,अल्भारो मोरटा