एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली स्टार केलियन एम्बाप्पेलाई क्लबमा भित्राउन कीर्तिमानी रकमको प्रस्ताव अघि सारेको छ । स्पेनिस महारथी रियलले फ्रान्सेली स्टार एम्बाप्पेलाई क्लबमा भित्राउन २ सय ७२ मिलियन युरोको कीर्तिमानी प्रस्ताव अघि सारेको हो ।
युवा स्टार एम्बाप्पे गत सिजनमात्र १ सय ४० मिलियन पाउण्डमा फ्रान्सेली क्लब मोनाकोबाट लिग वान क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा लोनमा आबद्ध भएका थिए । पहिलो सिजनमा उत्कृष्ट प्रर्दशन गरेका एम्बाप्पेले रुसमा जारी विश्वकप फुटबलमा समेत उत्कृष्ट प्रर्दशन गरेका छन् ।
नकआउट चरणमा अर्जेन्टिनाविरुद्धको खेलमा निकै घातक प्रर्दशन गरेका एम्बाप्पेले २ गोल समेत गरेका थिए । स्पेनिस क्लब रियलले १९ बर्षका युवा स्टारलाई गत बर्षनै क्लबमा भित्राउने कोशिश गरेपनि एम्बाप्पेको उत्कृष्ट प्रर्दशनसंगै फेरी क्लबमा भित्राउने तयारीमा जुटेको छ ।