एजेन्सी । पोर्चुगिज क्लब पोर्टोका गोलकिपर इकर कासिलासले फुटबल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
रियल मड्रिडका लिजेण्ड कासिलासले शुक्रबार सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । हृदयघात भएपछि डाक्टरले खेल जीवनमा नफर्कन सुझाव दिएपछि कासिलासले सन्यास लिएका हुन् ।
स्पेनका विश्वकप विजेता ३७ वर्षीय कासिलास दुईसाता अघि हृदयघातको कारण अस्पताल भर्ना भएका थिए । कासिलासलाई अभ्यासको समय हृदयघातले समातेको थियो ।
सन् २०१५ मा पोर्टो गएका कासिलासले रियलबाट ५ ला लिगा र ३ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । कासिलासले रियलबाट ७ सय खेल खेलेका थिए ।
कासिलासले स्पेनबाट सन् २०१० को विश्वकप जितेका थिए । उनले सन् २०१६ मा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।