एजेन्सी । इटालियन क्लब युभेन्ट्सका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले सिजनको अन्त्यसंगै क्लब छाड्ने भएका छन् ।
युभेन्ट्सले प्रशिक्षक एलेग्रीले सिजन सकिएसंगै क्लब छाड्ने पक्का गरेको छ ।
युभेन्ट्सले शुक्रबार एक विज्ञप्ति निकाल्दै एलेग्री अर्को सिजन क्लबमा नहुने बताएको छ । 'सन् २०१९/२० को सिजन एलेग्री युभेन्ट्सको बेञ्चमा रहने छैनन्,' क्लबले भनेको छ ।
इटालियन प्रशिक्षक एलेग्रीले यस सिजन युभेन्ट्सलाई पाँच खेल अगावै इटालियन सिरी 'ए' लिगको उपाधि दिलाएका थिए । युभेन्ट्सले लिगको अझै दुई खेल खेल्न बाँकि रहेको छ ।
५१ वर्षीय प्रशिक्षक एलेग्री सन् २०१४ मा युभेन्ट्स आएका थिए । उनि एन्टोनियो कोन्टेको स्थानमा युभेन्ट्स आएका थिए । युभेन्ट्स आएपछि एलेग्रीले पाँचै सिजन क्लबलाई सिरी ए को उपाधि दिलाउन सफल भएका थिए ।
यस्तै उनले युभेन्ट्सलाई सन् २०१५ र १७ मा च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए ।