एजेन्सी । पोर्चुगिज क्लब पोर्टोका गोलकिपर इकर कासिलासले फुटबलबाट सन्यास लिने भएका छन् ।
हृदयघात भएपछि डाक्टरले खेल जीवनमा नफर्कन सुझाव दिएपछि कासिलासले सन्यास लिने भएका हुन् । रियल मड्रिडका पुर्व लिजेण्ड कासिलासले केहि दिनमा सन्यास घोषणा गर्ने अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
विश्वकप विजेता ३७ वर्षीय कासिलास दुईसाता अघि हृदयघातको कारण अस्पताल भर्ना भएका थिए । कासिलासलाई अभ्यासको समय हृदयघातले समातेको थियो ।
सन् २०१५ मा पोर्टो गएका कासिलासले रियलबाट ५ ला लिगा र ३ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । कासिलासले रियलबाट ७ सय खेल खेलेका थिए ।
उनले स्पेनबाट सन् २०१० को विश्वकप जितेका थिए ।