काठमाडौं । इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेताले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै विजेताले ४० लाख डलर पाउने जनाएको छ । जुन पुरस्कार अहिलेसम्म कै सर्वाधिक बढी रहेको पनि आईसीसीले जनाएको छ ।
यस्तै उपविजेताले २० लाख डलर हात पार्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले ८/८ लाख डलर पाउनेछन् ।
त्यस्तै हरेक समूहको लिग चरणको विजेताले ४० हजार पाउने जनाईएको छ ।
विश्व क्रिकेटको कुम्भमेला विश्वकप यहिँ मे ३० बाट सुरु हुनेछ । जसमा अफगानिस्तानसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टिम :
इंग्ल्यान्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, अष्ट्रेलिया,पाकिस्तान, बंगलादेश,श्रीलंका, वेष्ट इण्डिज, अफगानिस्तान