ललितपुर । ललित स्मृति यु -१८ फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाईनलमा अहिले बिग्रेड ब्वाईज र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भैईरहेको छ ।
सातदोबाटोस्थित एन्फा टेक्निल सेन्टरमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान प्रवेश गरेका छन् । बिजेताले फाइनलमा आर्मीसंग खेल्ने छ ।
ब्रिगेड ब्वाईजले मोफसलको क्लब झापा ११ लाई पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको हो । फ्रेन्ड्सले पेनाल्टी सुटआउटमा लुम्बिनीलाई स्तब्ध बनाउदै सेमिफाईनलमा स्थान बनाएको हो ।