एजेन्सी । लियोनल मेस्सीले खेल जिवनको प्रभावशाली सुचिमा अर्को प्रतिष्ठित अवार्ड थपेका छन् । पछिल्लो अवार्डले मेस्सीलाई बार्सिलोनाका अर्का एक लिजेण्डको बाटोमा अग्रसर गराएको छ ।
बार्सिलोनाका स्टार मेस्सी क्रियु डे सन्त जोर्डी अवार्डबाट सम्मानित भएका हुन् । क्याटलानको पहिचानको सुरक्षा प्रदान गर्नमा सेवा पुर्याएको भन्दै उनलाई सो अवार्डबाट सम्मान गरिएको हो । सन् १९८१ मा अवार्डको परिकल्पना गरिएको थियो ।
अर्जेन्टिनाका स्टार मेस्सी ला लिगा क्लब बार्सिलोनामा १३ बर्षको उमेरमा जोडिएका थिए । उनले क्लब फुटबलमा आफुलाई सर्वकालिन महान खेलाडीको रुपमा उभ्याएका छन् ।
उनले क्लबको ईतिहासमा अन्य खेलाडी भन्दा धेरै उपाधि जितेका छन् । उनी बार्सिलोनाका सबै भन्दा धेरै गोलकर्ता हुन् । उनले अरु खेलाडी भन्दा धेरै खेल जितेका छन् । उनी बार्सिलोनाको जर्सीमा जाभीपछि सबै भन्दा बढी खेल खेल्ने खेलाडी हुन् ।
उनी अहिले क्लबका कप्तान छन् । ३१ बर्षका मेस्सीमा खेलमा कुनै कमी आएको छैन ।
तर अवार्ड प्राप्त गर्ने मेस्सी पहिलो खेलाडी भने होईनन् । डच खेलाडी जोहान क्रुफ, जसले खेलाडी र प्रशिक्षकको रुपमा बार्सिलोनामा बिताएका थिए । उनले व्यक्तिगततर्फ यो अवार्ड २००६ मा प्राप्त गरेका थिए ।
खेलाडीको रुपमा क्रुफले ला लिगा र कोपा डेल रे जितेका थिए ।
लगातार तीन बर्ष अवार्ड जितेका उनी क्याटलान क्लबका प्रशिक्षक भएका थिए । उनले सन् २०१३ सम्म क्लबको नेतृत्व गरेका थिए ।
बार्सिलोनालाई भने सन् १९९२ मा संस्थागत रुपमा पुरस्कार प्रदान गरिएको थियो ।
मेस्सी प्रेरित बार्सिलोनाले आईतबार इबरसंग खेल्दै लिगको अन्त्य गर्दैछ । कोपा डेल रेको फाईनलमा भ्यालेन्सियासंग खेल्दैछ ।