काठमाडौं । घरेलु टोली नेपाल एक खेल अगावै एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटबाट लगभग बाहिरिएको छ ।
बिहिबार भएको खेलमा भारतले पाकिस्तानलाई १७ रनले पराजित गरेपछि नेपालकाे अघिल्लाे चरण प्रवेशकाे सम्भावना गणितमा अडिएकाे छ । भारत भने लगातार दुई जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपाल बिहिबारनै भएको खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो । जुन नेपालको लगातार दोस्रो हार हो ।
किर्तिपुरस्थित टियु मैदानमा भारतले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदा मात्र १ सय ७६ रन जोड्न सफल रहयो ।
उसका लागि सजिद अलि अब्बासीले अविजित ८८ रन जोडे । यसतै महमद फियाजले ४७ तथा महमद लतिफले १३ रन बनाए । भारतका सौरभ मलिकले २ तथा परशुराम डिसेल र विश्वनाथ गौरभले समान १/१ विकेट हात पारे ।
यस अघि ब्याटिङ गरेको भारतले पुरा २० ओभरमा १ सय ९३ रन बनाएको थियो । परशुराम डिसेलले २० चौकाको मद्दतले १ सय ९ रनको शतकीय इनिङ्स खेलेका थिए । यस्तै सौरभ मलिकले १० चौका र १ छ्क्काको मद्दतमा ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।
भारतले २ खेलमा २ जित हात पार्दै ४ अंक सहित एक खेल अगाबै फाइनलमा स्थान बनाएको हो ।
लिग चारणको अन्तिम दिन शुक्रबार नेपाल र पाकिस्तान तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।