एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब बार्सिलोना आफ्नो लागि नभएको बताएका छन् ।
इन्ग्लिश आईकोन म्यागजिनसंग कुरा गर्दै रोनाल्डोले आफुले बार्सिलोनाको प्रतिद्वन्दी रियल मड्रिडबाट खेलेको कारण बार्सिलोना आफ्नो लागि नभएको बताए । रोनाल्डोले रियलबाट खेलेकै कारण बार्सिलोनाले आफुलाई नचाहेको समेत बताए ।
'बार्सिलोना मेरो लागि होइन । म त्यहाँ एक वा दुई पटक पुगेको छु । उनीहरुलाई रोनाल्डो मन नपर्ने छाप भेटेको छु,' रोनाल्डोले आईकोनसंग भनेका छन्, 'जहाँ सामान्य कारण छ की जहाँ हामी प्रतिद्वन्दी थियौं ।'
पोर्चुगिज स्टार रोनाल्डोले रियलमा ९ वर्ष बिताएका थिए । पाँच पटकको बालोन डी'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
तर, रोनाल्डो यसै सिजन युभेन्ट्स आएका थिए । रोनाल्डोलाई युभेन्ट्सले १०५ मिलियन पाउण्डमा टुरिन ल्याएको थियो । रोनाल्डोले युभेन्ट्सबाट इटालियन सिरी ए समेत जितिसकेका छन् ।
युभेन्ट्समा एक सिजन बिताईसकेका रोनाल्डोले आफु क्लबमा खुसी रहेको समेत बताएका छन् । आफु युभेन्ट्स आउँदा धेरैले आफुलाई विश्वास नगरेको तर आफुले प्रमाणित गरेको समेत रोनाल्डोले बताए ।
यस्तै रोनाल्डोले आफु असफल भएको हेर्ने चाहना धेरैको भएको तर आफुले त्यसलाई पुरा गर्न नदिने समेत बताए ।
'तपाईलाई थाहा छ । मानिसहरु क्रिस्टियानोले पेनाल्टी र महत्वपूर्ण खेलमा असफल भएको चाहन्छन् । तर, यो जिन्दगीको एक पाटो हो र, यसका लागि तपाई तयार हुनुपर्छ । म यसका लागि लामो समयका लागि तयार छु ।'