ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको पहिलो सेमिफाईनलमा अहिले मोरङ फुटबल क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
सातदोबाटोस्थित एन्फा टेक्निल सेन्टरमा दुवै टोली फाइनल पुग्ने लक्ष्यमा रहेका छन् ।
पहिलो खेलमा भिड्न लागेको मोरङले क्वार्टरफाईनलमा च्यासल युथ क्लबलाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो ।
आर्मीले हिमालय शेर्पा क्लबलाई हराउदै अन्तिम ४ को स्थान तय गरेको हो । खेल सातदोबाटोस्थित एन्फा टेक्निल सेन्टरमा दिउँसो साढे एक बजे सुरु हुनेछ ।