काठमाडौं । एएफसी कपमा अन्तर्गत अहिले नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र भारतीय क्लब मिनर्वा पन्जाबबीच प्रतिस्पर्धा सुरु भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
समूह ई मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । मनाङले ३ खेलमा १ अंक जोडेको छ । मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यसअघि भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको पहिलो लेगको खेलमा मनाङ र मिनर्वाले २-२ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा भने मनाङ ३ अंक जोड्ने लक्ष्यमा रहेको छ ।