काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेल मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले पिएम कपको उद्घाटन मुलपानीमा हुने खेलपाटीलाई जानकारी गराए ।
'हामीले उद्घाटन मुलपानीमा गर्ने तयारी गरिरहेका छौं,' सदस्यसचिव बिष्टले भने, 'मैदान सुधारको काम भईरहेको छ ।'
प्रतियोगिताको उद्घाटन मुलपानीमा हुने भएपनि खेलहरु मुलपानी र टियु क्रिकेट मैदान गरि दुई ठाउमा हुने सदस्यसचिव बिष्टले जानकारी दिए ।
यस्तै सदस्यसचिब बिष्टले प्रतियोगिता एक साता पछि सरेको जानकारी गराए । अब प्रतियोगिता जेठ ८ गतेबाट सुरु हुनेछ ।नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने पिएम कप क्रिकेट आजबाट सुरु हुने बताईएको थियो ।
प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।