एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिकवाटरलाई गाडी चलाउन प्रतिबन्ध लागेको छ ।
मादक पदार्थ (रक्सी) सेवन गरेर गाडी चलाएपछि इन्ग्लिश मिडफिल्डर ड्रिकवाटरलाई इंग्ल्यान्डका प्रहरीले २० महिनाको प्रतिबन्ध लगाएको हो ।
रक्सी पिएर गाडी चलाउँदा गत अप्रिल ८ मा ड्रिकवाटरको गाडी दुर्घटनामा परेको थियो । जसमा दुई महिला घाइते भएका थिए ।
म्यानचेस्टर युनाईटेडको उत्पादन ड्रिकवाटर सन् २०१७ मा लेष्टर सिटीबाट चेल्सी आएका थिए ।