एजेन्सी । बार्सिलोनाका स्टार फिलिप काउटिन्होले कोपा डेल रेको फाईनल खेल गुमाउन सक्ने भएका छन् । स्पेनिस लिगको पछिल्लो खेलमा बाँया तिघ्रामा चोट बोकेका थिए । उनी कम्तिमा १० दिन मैदान बाहिर रहने बताईएको थियो ।
उनी स्पेनिस लिगको पछिल्लो खेलमा गेटाफेविरुद्व ६९ औ मिनेटमा स्थानान्तरण भएका थिए । लगत्तै क्लबले काउटिन्होको चोटको बिषयमा निश्चित गरेको थियो ।
क्याटलान क्लबले स्पेनिस लिगको उपाधि उचालिसकेको छ । उसले मे २५ मा कोपा डेल रेको फाईनलमा भ्यालेन्सियाविरुद्व खेल्दैछ ।
मुख्य खेल अगाडी बार्सिलोनाले टिमका दोस्रो मुख्य खेलाडी गुमाउने सम्भावना बढेको छ । यसअघि उरुग्वेका फरवार्ड लुईस स्वारेजले फाईनल खेल गुमाउन सक्ने बताईएको थियो ।
क्लबले समेत ट्वीट गर्दै काउटिन्हो कम्तिमा १० दिन मैदान बाहिर रहने बताएको छ ।
उनले स्पेनिस लिगमा १ सय ५२ खेल खेलेका छन् । जसमा ४१ गोल गर्नुका साथै ३७ खेलमा गोलको अवसर सिर्जना गरेका छन् ।