ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा आज सेमिफाईनलका खेल हुदैछन् ।
पहिलो खेलमा मोरङ फुटबल क्लब र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा बिग्रेट ब्वाईज क्लब तथा फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा भिड्न लागेको मोरङले क्वार्टरफाईनलमा च्यासल युथ क्लबलाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो ।
आर्मीले हिमालय शेर्पा क्लबलाई हराउदै अन्तिम ४ को स्थान तय गरेको हो । खेल सातदोबाटोस्थित एन्फा टेक्निल सेन्टरमा दिउँसो साढे एक बजे सुरु हुनेछ ।
दोस्रो सेमिफाईनल खेल्ने लागेको ब्रिगेट ब्वाईजले मोफसलको क्लब झापा ११ लाई पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको हो ।
फ्रेन्ड्सले पेनाल्टी सुटआउटमा लुम्बिनीलाई स्तब्ध बनाउदै सेमिफाईनलमा स्थान बनाएको हो । खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।