काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर स्वदेश फर्कने क्रममा सन्दीप लामिछाने बिमानमा आफु निकै डराएको बताएका छन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ओर्लने समय भन्दा करिब ३ घण्टा ढिलो आएका उनले प्लेनमा रहदाँ आफु निकै डराएको बताए ।
दिल्लीबाट दिउँसो विमानस्थल ओर्लने कार्यक्रम रहेपनि खराब मौषमका कारण बिमानलाई आकाशमा होल्ड गरिएको थियो । एयर इण्डियाको बिमानबाट २ बजेर ३५ मिनेटमा ओर्लने तालिका रहेपनि उनी करिब साँढे पाँच बजे आइपुगेका थिए ।
बिमानस्थलमा पत्रकारसंग ढिलो भएकोमा माफी माग्दै आफु बिमानमा निकै आत्तिएको बताए । ‘इमान्दारितापुर्वक भन्दा म प्लेनमा निकै डराएको थिए । बिमान दुर्घटना त हुने हैन जस्तो लागेको थियो । कसलैलाई केही नहोस भन्दै बिमान भित्र डराउदै बसेको थिए ।’ उनले भने ।
बिमान एक पटक ओर्लन रन वेको नजिक आएपनि फेरी आकाशतर्फ उडेको उनले बताए ।