एजेन्सी । प्रशिक्षक केशव बनेरजीले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीसंग पुर्व कप्तान महेन्द्र सिंह धोनीको जस्तो खेल पढ्न सक्ने क्षमता नरहेको बताएका छन् ।
धोनीको पहिलो प्रशिक्षक समेत रहेका बनेरजीले कोहली र धोनीको सोच्ने क्षमतामा ठुलो अन्तर रहेको बताए ।
'खेलको परिस्थति पढ्न धोनीले जस्तो कसैले सक्दैनन्,' बनेरजीले भने 'कोहलीले केही ठुलो निर्णय लिन परे सधै धोनीको सहयोग लिने गर्छन् ।'
प्रशिक्षक बनेरजीले धोनीले जस्तो तत्काल निर्णय गर्न कोहली असक्षम रहेको समेत बताए ।
'यदि धोनी भारतीय टिममा हुँदैन थिए त कोहलीलाई मैदानमा सहयोग पाउने आधार हुँदैन ।' उनले थपे ।
यस्तै प्रशिक्षक बनेरजीले धोनीले विश्वकपमा चौथो स्थानमा ब्याटिङ गर्नु पर्ने सुझाब दिएका छन् ।
'धोनीले चार नम्बरमा ब्याटिङ गर्दा आफ्नो समय लिगेर खेल्न पाउछन तर ५/६ मा आउँदा उनले टिमको लागि रन जोड्न धेरै जोखिम उठाउन बाध्य हुन्छन्,' प्रशिक्षकबनेरजीले भने ।
त्यस्तै प्रशिक्षक बनेरजीले भारतका युवा खेलाडी ऋषब पन्तलाई अहिले नै विश्वकपको टिम स्थान दिन उचित नहुने समेत बताए ।
'पन्तलाई विश्वकप खेलाउनु निकै छिटो हुनेछ । भारतको बेञ्च अन्तिमसम्मका लागि बलियो छ,' प्रशिक्षक बनेरजीले भने, 'उनलाई विश्वकप पछिका खेलमा मौका दिनु उत्तम हुनेछ ।'