काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ '१०० प्लस आईसोटोनिक स्पोर्ट्स ड्रिंक' को ब्राण्ड एम्बासडर बनेका छन् ।
१०० प्लस ड्रिंकले आइतबार किरणलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो । नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका किपर किरण २ वर्षको लागि ब्राण्ड एम्बासडरमा नियुक्त भएका हुन् ।
१०० प्लसको नेपालमा आधिकारिक विक्रेता सारा ग्रुपका अध्यक्ष दिपक केसी र किरणले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता रकम भने खुलाईएको छैन । सारा ग्रुपका अध्यक्ष केसीले अन्य खेलाडीलाई पनि ब्राण्ड एम्बासडर बनाउन चाहेको बताउँदै पैसाको बारे नखुलाउने सहमति भएको बताए ।
'किरणसंग पैसाको बारेमा हामी सहमतिमा गएका छौँ । ब्राण्ड एम्बासडरका लागि हामी अन्य खेलाडीसंग पनि कुरा गरिरहेका छौं,' अध्यक्ष केसीले भने ।
ब्राण्ड एम्बासडर नियुक्त भएपछि बोल्दै किरणले यो सम्झौताले आफुले खेलमा अझ राम्रो गर्न प्रेरणा मिलेको बताए ।
'यो सम्झौताले मैले २ वर्षमा अझ राम्रो हुन्छ भन्ने सोचेको छु,' किरणले भने ।
मलेसियामा उत्पादन हुने १०० प्लस स्पोर्ट्स ड्रिंक लोकप्रिय ड्रिंकमा पर्ने गर्छ । यस ड्रिंक मलेसिया र सिंगापुरमा निकै लोकप्रिय रहेको छ ।
नेपालमा ३२५ एमएलको क्यानमा उपलब्ध हुने यस ड्रिंकको मूल्य १२५ रुपैया रहेको छ ।
किरण पछिल्लो समय माल्दिभ्सको शीर्ष डिभिजन लिक क्लब टीसी स्पोर्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । गत सिजन उनले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए ।