एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले वेल्सका अन्तराष्ट्रिय स्टार ग्यारेथ वेललाई पुन प्लेईङ सेट बाहिर राखेका छन् । स्पेनिस लिगको रियल सोसिडाडविरुद्वको खेलमा प्रशिक्षक जिदानले वेललाई टिम बाहिर राखेका हुन् । वेल लगातार दोस्रो खेलमा जिदानको टिम बाहिर परेका हुन् ।
प्रशिक्षक जिदानले आउँदो खेलाडी सरुवा बजारमा वेललाई बेच्न चाहेको समाचार सार्वजनीक भईरहेका छन् ।
जिदानले भिल्लारियलविरुद्वको अघिल्लो खेलमा समेत वेल्सका स्ट्राईकरलाई टिम बाहिर राखेका थिए ।
जिदानसंगको खराब सम्बन्धका कारण वेल यसअघि समेत चर्चामा थिए ।
रियल मड्रिड क्लब रायो भालेकानोसंग पराजित हुदाँ वेलको प्रर्दशनलाई लिएर आलोचना गरिएको थियो । सोही समय रियलको जर्सीमा वेलको अन्तिम खेल हुन सक्ने बताईएको थियो ।
२९ बर्षिय फरवार्डको सम्झौता अझै तीन सिजन बाँकी छ । एजेन्ट जोनाथल बर्नटले वेल क्लबमा खुसी भएपनि जिदानले राख्न नचाहेको बताएका छन् ।
शनिबारको पत्रकार सम्मेलनमा जिदानले वेलको भविष्यको बिषयमा बताउन अस्विकार गरेका थिए ।
‘म उत्तर दिन चाहन्न । म रियल मड्रिडको प्रशिक्षक हुँ । वर्नटले उनको बिषयमा निर्णय गर्नेछन् ।’ उनले थपे ।
‘म खेलको बिषयमा सोचिरहेको हुन्छु, राम्रो खेल्न । त्यसले मलाई चिन्तित बनाउँछ । अरु बिषयमा म भन्न सक्दिन ।’ उनले भने ।
रियल मड्रिडको यस सिजन अत्यन्त खराब रह्यो । रियल शहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिड भन्दा ६ अंकले पछाडी छ । लिग विजेता बार्सिलोना भन्दा रियल १५ अंकले पछाडी छ ।