एजेन्सी । ईङ्लिस फुटबलमा लिभरपुलको आफ्नो ईतिहास छ, विरासत छ ।
युरोपेली क्लब फुटबलमा लिभरपुलले प्राप्त गरेको सफलता आफैमा अद्भुत र गौरव गर्न लायक छ ।
क्लब फुटबलमा लिभरपुलले प्राप्त गरेको उपाधिले त्यसलाई प्रमाणित गर्छ ।
समय सधै एउटै रेखामा नचल्ने रैछ ।
सन् १९९० मा हो, लिभरपुलले अन्तिम पटक प्रिमियर लिगको उपाधि जितेको ।
त्यसपछि ईङ्लिस फुटबलमा लिभरपुलले पटक पटक उपाधिमा चुनौती नदिएको होईन, तर त्यसलाई साकार बनाउन सकेन ।
प्रष्ट रुपमा भन्दा लिभरपुलले प्रिमियर लिगको उपाधि नजितेको धेरै भईसक्यो । करिब तीन दशक लिग उपाधिबाट बिमुख भएर बस्नुको पिडा लिभरपुल जति अरुलाई के थाहा ।
अब अर्को प्रश्नमा केन्द्रित हौ ।
के पैसाले फुटबलमा सबै सफलता किन्न सकिन्छ ?
आधुनिक फुटबलमा सफलताका कथाका पछाडी द्रब्यकै ठुलो हात हुनुपर्छ ।
उदाहरणका लागि म्यानचेष्टर सिटीलाई हेरे पुग्छ ।
दशक अघि सिटी औसत क्लब थियो । रेलिगेशनबाट बच्नु र शीर्ष डिभिजनमा टिक्नु उसको उद्वेश्य रहने गर्दथ्यो ।
तर युएईको राजपरिवारको सिटीको स्वामित्व के लियो, लिगमा उसको चमत्कार सुरु भयो ।
विश्व फुटबलका एक से एक स्टार खेलाडी क्लबमा राख्न सिटीले ठुलो धनराशी खर्चियो । पैसाको खोलै बगायो । मजबुद टिम बनायो । युरोपेली क्लब फुटबलमा सफल प्रशिक्षक पेप ग्वार्डियलाको हातमा क्लबको लगाम थमायो । नतिजा सबैका अगाडी छर्लङ छ ।
सिटी लगातार दोस्रो पटक प्रिमियर लिगको उपाधि रक्षा गर्ने दाउमा छ ।
र उसका अगाडी ईङ्लिस फुटबलका ठुलो विरासत बोकेको लिभरपुल उभिएको छ ।
एक हिसावमा यो लडाँईलाई विरासतलाई वर्तमानको चुनौतीको रुपमा नामाकरण गरिदिएपनि हुन्छ ।
आईतबार राति प्रिमियर लिगमा अन्तिम चरणका खेलहरु हुदैछन् । सोही नतिजामा लिभरपुल र म्यानेचष्टर सिटीको भाग्य धेरै निर्धारण हुनेछ ।
खेल अघि कसैको हात माथि छ भने, त्यो म्यानचेष्टर सिटीकै छ ।
सिटी ९५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । लिभरपुल एक अंकले पछाडी दोस्रो स्थानमा छ ।
अर्को कुरा लिभरपुलले उल्भ्सलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दै गर्दा सिटी भने बिङ्टोनको भ्रमणमा निस्कनेछ ।
सिटीलाई उपाधि रक्षा गर्न जितनै पर्याप्त छ । तर लिभरपुललाई आफ्नो जितसंगै सिटीको कम्तिमा बराबरीको कामना गर्नुको विकल्प छैन । सिटीले पछिल्ला १३ खेलमा लगातार जित निकालेको छ । लिभरपुलले पछिल्ला ८ खेलमा लगातार जित आत्मसाथ गरेको छ ।
च्याम्पियन्स लिगको सेमिफाईनलमा प्राप्त अविश्वसनीय जितले लिभरपुलको मनोबल उच्च छ ।
‘हामीले उल्भ्सविरुद्व मात्र सोचेका छौ ।’ लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने, ‘हामीले सन् २०१२ पछि मुख्य उपाधि जित्न सकेका छैनौ ।’
‘हामीलाइ लाखौ सन्देश प्राप्त गरेका छ । तर कसैले पनि सप्ताहको बिषयमा बोलेका छैनन् । सबैले अविश्वसनीय र शुभकामना भनेका छन् । तर हामी उल्भ्समा केन्द्रित छौ ।’ उनले थपे ।
‘मंगलबारको रात जस्तै सफलता प्राप्त गर्न सकिदैन । त्यो फुटबल ईतिहासमा एक पटक मात्र प्राप्त गर्न सकिन्छ । हामीसंग कुनै अपेक्षा छैन । तर हामी आत्मविश्वासी छौ ।’ क्लोपले भनेका छन् ।
म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला समेत आफुहरु ब्रिङ्टोनविरुद्वको खेलमा केन्द्रित हुने बताउँछन् ।
‘आफ्नै खेलमा केन्द्रित हुन आवश्यक छ । यदी हामीले जित हासिल ग¥यौ भने अरु केही आवश्यकता पदैन ।’ उनले भने, ‘सपना यहाँ सम्मको थियो । जब हामी लिभरपुल भन्दा ७ अंकले पछाडी थियौ, हामीले यो सबै सोचिरहेका थिएनौ ।’