एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर वायर्न म्युनिख बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा वायर्न आरबी लेपजिङसंग गोलरहित बराबरीमा रोकिएको हो ।
लेपजिङको मैदानमा वायर्नका लियोन गोर्टेज्काको गोलले गोलको मान्यता नपाउदा वायर्नले बराबरी खेल्न बाध्य भएको हो । उको भली गोल अफसाइड गोल भएको थियो ।
यस्तै वायर्नका केहि उत्कृष्ट प्रहारहरु लेपजिङका गोलकिपरले उत्कृष्ट बचाउँ गरेका थिए ।
यो बराबरीसंगै वायर्नले अन्तिम खेल अगाबै लगातार सातौं पटक बुन्डेस लिगाको उपाधि जित्नबाट बन्चित भएको छ ।
अब वायर्नले उपाधिका लागि अर्को खेलसम्म कुर्नु पर्ने भएको छ ।
बराबरीपछि शीर्ष स्थानको वायर्नले ३३ खेलबाट ७५ अंक जोडेको छ । वायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा २ अंकले अघि रहेको छ । डर्टमण्डको ७३ अंक छ । तेस्रो स्थानको लेपजिङको ६६ अंक छ ।