एजेन्सी । मिडफिल्डर एन्डर हरेराले सिजनको अन्त्यसंगै प्रिमिय लिग क्लब म्यानचेष्टर युनाईटेड छाड्ने भएका छन् । सिजनसंगै सम्झौता सकिने भएकाले हरेराले प्रिमियर लिग क्लब छाड्ने निर्णय गरेका हुन् ।
सन् २०१४ मा उनी स्पेनिस क्लब एथ्लेटिको विल्बाओबाट ईङ्लिस क्लबमा आबद्व भएका थिए । २९ बर्षका स्पेनिस मिडफिल्डरलाई प्रशिक्षक लुईस भान गालले क्लबमा अनुबन्धन गरेका थिए ।
उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा आबद्व हुने बुझिएको छ ।
म्यान युनाईटेडले हरेरालाई क्लबमा राख्ने कोशिश समेत गरेको थियो । तर त्यहाँ कुनै सम्झौता अघि बढ्न सकेन ।
हरेराले अन्य ठुला खेलाडी जस्तै क्लबमा उच्च पारिश्रमिकको माग गरेका थिए ।
युनाईटेड त्यसमा सहमत हुन नसकेपछि उनीले पाँच बर्षको ओल्डट्राफोर्ड बसाई टुङ्गयाउने निष्कर्शमा पुगेका हुन् ।
उनी प्रिमियर लिगको अन्तिम खेलमा कार्डिफविरुद्व देखिनेमा आशंका छ ।
उनले १ सय ८९ खेलमा २० गोल गरेका थिए । उनले एफ ए कपसंगै लिग कप र युरोपा लिग समेत जितेका थिए ।
'विश्वकै ठुलो क्लबबाट खेल्नुलाई सम्मानका साथ हेरेको छु । सधै क्लबप्रति सम्मान रहनेछ । कुनैपनि समय क्लबको महत्व मैले बुझेको छु ।' उनले भने ।