एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाका एजेण्ट मिनो राइओलालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्ध लगाएको छ ।
फिफाको अनुशासन कमिटिले फुटबलको नियम बाहिरको गतिविधि गरेको भन्दै एजेण्ट राइओलालाई प्रतिबन्ध गरेको हो । फिफाले एजेण्ट राइओलालाई तीन महिनासम्म फुटबल सम्बन्धी गतिविधि गर्न नपाउने गरि प्रतिबन्ध लगाएको हो । एजेण्ट राइओलाको प्रतिबन्ध आउँदो सिजनको समर विण्डो बन्द भएपछि सकिने छ ।
सुपर एजेण्टको नामले परिचित राइओलालाई बुधबार मात्र इटालियन फुटबल फेडेरेसनले पनि प्रतिबन्ध लगाएको थियो ।
एजेण्ट राइओला स्विडेनका स्टार ज्लाटन इब्राहिमोबीचका एजेण्ट समेत हुन् ।