एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा फाईनल प्रवेशका लागि दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्ससामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । कप्तान श्रेयश लेयर १३ रनमा पोविलियन फर्किएका थिए ।
अन्यको खेलाडीले खासै उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।
चेन्नेईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २-२ विकेट हात पारे ।
विजेता टिमले फाइनलमा उपाधिका लागि मुम्बई ईन्डियन्ससग प्रतिस्पर्धा गर्नेछ ।