काठमाडौं– एसडीसी अन्तर कलेज टियु बीबीए बीआईएम क्रिकेट प्रतियोगिता बैशाखको मसान्तबाट सुरु हुने भएको छ । आयोजक शंकरदेव क्याम्पसले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख ३० गतेदेख जेठ १० गतेसम्म आयोजना गर्ने जानकरी दिएको छ ।
गतबर्ष युनिभर्स कलेजले आयोजना गरेको बीबीए कप क्रिकेट तथा सोही बर्ष थेम्स इन्टरनेस्नलले आयोजना गरेको बीआइएम कप क्रिकेटको विजेताको रुपमा शंकदेवले यस बर्षको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको कुल अनुमानित खर्च २१ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको बीबीएतर्फ उपत्यका बाहिरका ४ र भ्याली भित्रका १५ क्याम्पस गरी १९ क्याम्पसको सहभागीता रहने छ ।
बीआईएमतर्फ पोखराको एक र उपत्यका भित्रका ६ कलेज गरी ७ क्याम्पसले प्रतिस्पर्धा गर्नेछन् । बीबीएतर्फको विजेता टोलीले ७० हजार नगद प्राप्त गर्ने छ भने उपविजेताले ३५ हजार प्राप्त गर्ने छ ।
त्यस्तै बीआईएमतर्फको विजेता टोलीले ३५ हजार नगद प्राप्त गर्दा उपविजेताले १० हजार प्राप्त गर्ने छ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले नगद सहित ट्रफी र प्रमाण पत्र पाउने छन् । प्रत्यक खेलको म्यान आफ दी म्याचले ट्रफी सहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जानकरी दिएको छ ।