एजेन्सी । म्यानचेष्टर सिटीका लिजेण्ड याया टाउरेले फुटबलबाट सन्यास लिएका छन् । उनले सक्रिय खेलाडी जिवनबाट सन्यास लिदै प्रशिक्षण करियर अघि बढाउने बताएका छन् ।
केही साता अघि मात्र उनीले आफु अझै केही समय खेल्ने बताएका थिए ।
बार्सिलोना र म्यानचेष्टर सिटीका लिजेण्डले १७ बर्षपछि व्यवसायीक फुटबल करियर अघि बढाएका थिए । उनले ग्रिक, स्पेन र ईङल्याण्डमा १३ मुख्य उपाधि जितेका थिए ।
उनले सन् २००६ मा ग्रिकमा सुपर लिग र ग्रिक कप जितेका थिए ।
बार्सिलोनामा रहदाँ उनले दुई ला लिगा, एक कोपा डेल रे, च्याम्पियन्स लिगग र एक क्लब विश्वकप जितेका थिए ।
उनी सन् २०१० मा म्यानचेष्टर सिटी आएका थिए । उनले सिटीमा तीन प्रिमियर लिग र दुई लिग कप जिताउन भुमिका खेले ।
उनको गोलमा सिटीले एफ ए कपको उपाधि उचालेको थियो ।
आइभेरी कोस्टका अन्तराष्ट्रिय खेलाडी टाउरेले अफ्रिकन कप अफ नेसन्स जितेका थिए । साथै उनी चार पटक अफ्रिकन फुटबलर अफ दी ईयर घोषित भएका थिए ।