एजेन्सी । बार्सिलोनाका स्ट्राइकर लुईस स्वारेज करिब ४ हप्ता मैदान बाहिर रहने भएका छन् ।
दाहिने खुट्टाको घुँडामा चोट लागेको कारण उनी ४ देखि ६ हप्ता मैदान बाहिर रहने बताईएको छ । अहिले उनी उपचारका लागि अस्पतालमा छन् ।
उनको घुँडाको अपरेसन समेत गरिएको बार्सिलोनाले जनाएको छ । हाल उनी क्लबको मेडिकल टिमको निगरानीमा छन् ।
उरुग्वेका अन्तराष्ट्रिय स्टार स्वारेजले यस सिजन कोपा डेल रेको फाइनल सहित बाँकी ३ खेल गुमाउने पक्का भएको छ ।
स्वारेजले चालु सिजनमा २५ गोल गरेका छन् ।
बार्सिलोनाका लागि मेस्सीपछि सार्वधिक गर्ने खेलाडी स्वारेजनै हुन् ।
उनले यस सिजनको एल क्लासिकोमा ह्याट्रिक गरेका थिए ।
च्याम्पियन्स लिगमा भने बार्सिलोना सेमिफाइनलबाट बाहिरिसकेको छ ।