काठमाडौं । भारतीय महिला फुटबल लिगमा सेथु फुटबल क्लबले प्रभावशाली जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काट्टेक फुटबल क्लबलाई ९–० गोल अन्तरले हराएको हो ।
सेथुको जितमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी सावित्राले एक गोल गरिन् । तर खेलमा प्रभाव भने रतनबालाले देखाईन् । उनले व्यक्तिगत चार गोल गरिन् ।
खेलको तेस्रो मिनेटमा ग्रेसको क्रसमा रतनवालाले हेड गोल गर्दै सेथुलाई अग्रता दिलाईन् । आठौं मिनेटमा ग्रेसीकै क्रममा गोलकिपरल गल्ती गर्दा सन्ध्याले गोल गर्दै सेथुुको अग्रतालाई दोब्बर पारिन् ।
२८ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रतनवालाले टिमलाई ३–० को स्थितीमा पुर्याइन् । इन्दुमतीले ३६ औ मिनेटमा सेथुका लागि चौथो गोल गरिन् ।
ग्रेसले ६९ औ मिनेटमा गोल गर्दै सेथुलाई ५–० को अवस्थामा पुर्याईन् ।
७४ औ मिनेटमा रतनवालाले ह्याट्रिक पुरा गर्दा सेथु ६–० ले अगाडी रह्यो ।
८२ औ मिनेटमा ग्रसीको क्रसलाई सदुपयोग गर्दै नेपाली फरवार्ड सावित्राले गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पुर्याईन् ।
खेल सकिन तीन मिनेट बाँकी छदाँ सन्ध्याले व्यक्तिगत दोस्रो गोल गरिन् ।
८९ औ मिनेटमा रतनवालाले व्यक्तिगत चौथो गोल गर्दै सेथुलाई ९–० को जित दिलाईन् ।
सेथुले लिगमा तीन खेल लगातार जितेको छ ।