काठमाडौं । भारतीय महिला लिग फुटबलमा नेपाली फरवार्ड अनिता बस्नेतले प्लेईङ सेटमा मौका पाएकी छिन् ।
यसअघिका दुई खेलमा सुरुवाती लाईन अपमा देखिदै आएकी अर्की नेपाली फरवार्ड सावित्रा भण्डारीको स्थानमा अनिताले मौका पाएकी हुन् ।
अनितासंगै सेथु फुटबल क्लबको अग्रपङ्ती सन्ध्या र ग्रेसीले समाल्नेछन् ।
बुधबार भएको बेङ्गरुलु युनाईटेडविरुद्वको खेलमा सावित्राले चोट बोकेकी थिईन् । सोही खेलमा सावित्रालाई स्थानान्तरण गर्दै अनिता मैदान छिरेकी थिईन् । दोस्रो हाफमा मैदान छिरेकी अनिताले लिगमा डेब्यु गोल समेत गरेकी थिईन् ।
पहिलो खेलमा उनी बैकल्पिक खेलाडीको रुपमा भएपनि मैदानमा अवसर पाएकी थिईनन् ।
पहिलो खेलमा चार र दोस्रो खेलमा एक गोल गरेकी सावित्रा आजको खेलमा बैकल्पिक खेलाडीको रुपमा रहेकी छिन् ।
नेपाली खेलाडीकै प्ररणादायी खेलमा सेथुले मनिपुर स्पोर्टस क्लबलाई ६–४ ले हराएको थियो । दोस्रो खेमला बेङ्गरुलु युनाईटेडमाथि ३–० को जित निकालेको थियो ।