एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टी- ट्वान्टी क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन् । जिम्वावेविरुद्धको खेलमा ७६ बलमा १ सय ७२ रनको इनिङ्स खेल्दै फिन्चले नयाँ रेकर्ड कायम गरेका हुन् ।
फिन्चले सन् २०१३ मा इङ्ल्याण्डविरुद्ध यसअघि आफैले बनाएको १ सय ५६ रनको रेकर्ड समेत भंग गरेका छन् । फिन्च दुई टी –ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १५० रन कटाउने पहिलो व्यक्ति समेत हुन् । फिन्चले क्रिस गेलको नाममा रहेको १ सय ७५ रनको रेकर्ड भंग गर्न भने असफल भए ।
जिम्वावेविरुद्धको यो खेलमा अष्ट्रेलियाले एक सय रनले जितेको छ ।
सुरुवाती ब्याटिङ गरेको अष्ट्रेलियाले २ विकेटको क्षतिमा २ सय २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा गरेको जिम्वावे १ सय २९ रनमा अलआउट भएको थियो ।