सिन्धुपाल्चोक । जावलाखेल युथ क्लब सिन्धु गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक युथ स्पोर्ट्स क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै जावलाखेल फाइनल प्रवेश गरेको हो ।
निर्धारित खेल २–२ गोलको को बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।
खेलमा अग्रता २५ औ मिनेटमा जावलाखेलले फोडे फुफानाको गोलबाट लिएको थियो । खेलको ५५ औ मिनेटमा आयोजकका बीएम कुथुले गोल गर्दै खेल बराबरीमा ल्याए ।
आयोजकका सुरेश खत्रीले ६० औ मिनेटमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर ८२ औं मिनेटमा गौतम श्रेष्ठले खेल बराबरीमा सकाए ।
पेनाल्टी सुटआउटमा आयोजकका बीएम कुथु र सञ्जिब लामाको प्रहार बिफल भयो ।
जावलाखेलका विशाल तामाङ, सुजित बुढाथोकी, अरुज सिंह र अनिल बाजीले गोल गरे ।
उपाधिका लागि जावलाखेलले गोर्खा ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ ।