एजेन्सी । टोटेनहमका फरवार्ड ह्यारी केनले च्याम्पियन्स लिगको फाइनल अघि आफु फिट रहने विश्वास व्यक्त गरेका छन् । अप्रिल ९ यता कुनैपनि खेलमा नदेखिएका केन पैतालाको चोटका कारण मैदान बाहिर रहदै आएका छन् ।
टाटेनहमले जुन १ मा लिग प्रतिद्वन्दी लिभरपुलसंग च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।
केनबिनाको टोटेनहमले ३–० ले पछाडी परेको स्थितीलाई उल्ट्याउँदै च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गरेको थियो । अवे गोलका आधारमा टोटेनहम च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो ।
‘उपचार राम्रोसंग अघि बढिरहेको छ ।’ केनले भनेका छन् ।
‘मैले सिधा रेखामा दौडन सुरु गरेको छु । तर म कठिन अभ्यास चाँडै सुरु गर्न गइरहेको छु ।’ उनले थपे ।
अजाक्सले पहिलो लेगमा १–० को अग्रता लिएको थियो । र दोस्रो लेगको पहिलो हाफसम्म समेत फाइनलमा स्थान बनाउने लगभग पक्का पक्की गरिसकेको थियो ।
युवा फरवार्ड डि लेटको पहिलो गोल र हाकिम जियाचको दोस्रो गोलले अजाक्सलाई फाइनल नजिक पु¥याएको थियो । तर दोस्रो हाफमा टोटेनहमका लुकास मौराले ह्याट्रिक गर्दै घरेलु टोलीको फाइनल सपनामा पानी हालिदिए ।
क्वार्टरफाइनलको पहिलो खेलमा म्यानचेष्टर सिटीविरुद्वको खेलमा चोट बोकेका केनले भने, ‘पहिलो हाफ निकै निराशाजनक रह्यो । हामीले खेल्न दियौ । त्यसपछि हामी ड्रेसिङ रुपमा थियौ र खेल पर्याप्त नभएको निष्कर्श निकाल्यौ । बाँकी ४५ मिनेट सबै चिज दिने बतायौ । सोही अनुसारको नतिजा आत्मसाथ ग¥यौ ।’