एजेन्सी । विश्व क्रिकेटको सबैभन्दा महाकुभ्म मेला हो, विश्वकप क्रिकेट ।
यस्तो प्रतियोगिता स्थल हो, जहाँ इतिहास लेखिन्छ ।
ठुला लिजेण्डको जन्मसंगै इतिहासका दुख क्षण सोही महाकुम्भ मेलामा भेटिन्छन् ।
१२ औ संस्करणको सफल आयोजना गरेर ईङल्याण्डले केही दिनमा नयाँ इतिहास रच्दैछ ।
पछिल्लो संस्करणसम्म आईपुग्दा धेरै खेलाडीले विश्वकपबाट खेल जिवन कायापलट गरे, केहीले करियरकै दुखद क्षण आत्मसाथ गरे ।
विश्वकपमा धेरै रेकर्डहरु तोडिने गर्छन्, बन्ने गर्छन् । विश्वकपमा बनेका ४ रेकर्ड जो आगामी संस्करणमा तोडिन मुस्किल छ । जसलाई हामीले यस आलेखमा समेटेका छौ ।
१. विश्वकपमा सर्वाधिक विकेट
ग्लेन म्याकगे्रथले विश्वकपमा मात्र ७१ विकेट हात पारेका छन् । अस्ट्रेलियाका फास्ट बलर उनी आफ्नो सटिक लाइन र लेन्थ तथा दुवैतर्फ स्विङ गर्न सक्ने क्षमता भएका खेलाडी हुन् । उनले ४ विश्वकपमा ३९ खेल खेलेका छन् भने ७१ विकेट हात पार्दा विश्वकपमा सर्वाधिक विकेट हात पार्ने खेलाडीको सुचिमा छन् ।
दोस्रो स्थानमा भने श्रीलंकाका पुर्ब स्पिनर मुरलीथरन रहेका छन् । उनले ५ विश्वकप खेल्दै ६८ विकेट हात पारेका छन् ।
२.सर्वाधिक रन
भारतका लिजेण्ड क्रिकेटर सचिन तेन्दुलकर विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ६ पटक विश्वकप खेल्दै २ हजार २ सय ७८ रन बनाएका छन् । ६ शतक तथा १५ अर्धशतक प्रहार गरेका उनी विश्वकपमा २ हजार रन पार गर्ने एक्ला खेलाडी हुन् ।
दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका पुर्ब कप्तान रिक्की पोन्टिङ भन्दा सचिनले ५ सय ३५ रन बढी प्रहार गरेका छन् ।
३. सर्वाधिक चौका
सचिनको नाममा अर्को विश्वकप रेकर्ड रहेको छ, जुन सायदै तोडिने छ । सचिनले विश्वकपमा २ सय ४१ चौका प्रहार गरेका छन् । विश्वकप इतिहासमा २ सय चौका प्रहार गर्ने सचिन एक्ला खेलाडी हुन् । दोस्रो स्थानमा श्रीलंकाका पुर्व खेलाडी कुमार संगाकारा रहेका छन् । उनले ९४ चौका प्रहार गरेका छन् ।
४. एक संस्करणमा सर्वाधिक शतक
श्रीलंकाका पुर्व खेलाडी कुमार संगाकाराले सन् २०१५ को विश्वकपमा ४ शतक प्रहार गर्दा कुनै एक संस्करणमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सुचिको अग्रस्थानमा रहे ।
उनले अन्तिम संस्करणमा ७ खेल खेल्दै ५ सय ४१ रन बनाएका थिए । हालसम्मको विश्वकप संस्करणमा संगाकाराले बाहेक कुनै पनि खेलाडीले ४ शतक प्रहार गर्न सकेका छैनन् । र, आउँदो संस्करणमा पनि रेकर्ड तोड्न जो कोही खेलाडीलाई निकै सकस पर्नेछ ।