एजेन्सी । यस बर्ष हुने एसेस सिरिजका लागि पुरानो शैलीको ड्युज बल प्रयोग गरिने भएको छ । टेस्ट बलमा बिबाद उठिरहेको बेला सन् २०१७ र २०१८ मा प्रयोग गरेको बललाई इङ्ल्याण्डको क्रिकेट बोर्डले निरन्तरता दिने भएको हो ।
यसै बर्षको अन्त्यतिर हुने काउन्ट्री च्याम्पियनसिपमा अस्ट्रेलिया र इङ्ल्याण्डबीचको खेलमा पुरानो शैलीको बलबाट खेलिने छ ।
पछिल्लो दुई खेलमा अस्ट्रेलियासंग पराजित हुँदा इङ्ल्याण्डले सोही बलको प्रयोग गरेको थियो ।
इङ्ल्याण्डका फास्ट बलर जेम्स एन्डरसनको सो बलमा १६ दशमलब ६ को औसत रहेको छ । जुन आयोजकलाई फाईदा हुने देखिएको छ ।
घरेलु प्रतियोगितामा नयाँ, कसिलो सिम बलको प्रयोग गरेता पनि पुरानो शैलीको बल टेस्टमा प्रयोग गर्दा खेल निकै रोमाञ्चक बनेको थियो । जसको कारण टेस्ट क्रिकेटलाई प्रवद्र्वन गरेको इङ्ल्याण्डले पुरानो बललाई निरन्तरता दिने निर्णय गरेको हो ।
इङ्ल्याण्डको क्रिकेट बोर्डले सो बलको उत्पादनमा समेत अघि बढेको छ । उसले ६ सय बलको उत्पादन गर्न ४२ हजार पाउण्डको बजेट समेत तयार गरेको छ ।
सन् २०१८/१९ को सेफिल्ड सेल्डमा अस्ट्रेलिया सो बलको अनुभब गरेको थियो ।