एजेन्सी । ईङ्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा अजाक्सविरुद्व पुनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहमले फाईनल यात्रा तय गरेको हो ।
लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक पुरा गरेपछि टोटेनहमले अविश्वसनीय नतिजा सहित उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो लेगको खेलमा १–० ले पराजित टोटेनहम बुधबार राति पहिलो हाफसम्म समेत २–० ले पछाडी परेको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा अजाक्सले १९ बर्षिया कप्तान डि लेटको गोलबाट अग्रता लिएको थियो । खेलको पाँचौ मिनेटमा हेडमार्फत गोल गर्दै उनले क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
अजाक्सले ३५ औ मिनेटमा अग्रता दोब्बर पार्यो । साउथह्याम्टनका पुर्व विङ्गर डुसान टाडिसको पासमा हाकिम जियाचले ३५ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–० को स्थितीमा पुर्याएका थिए ।
पहिलो हाफसम्म टोटेनहम समग्रमा ३–० ले पछाडी परेको थियो ।
तर लुकास मौराले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा दुई गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने कोशिश गरे ।
५५ औ मिनेटमा पहिलो गोल गरेका उनले ५९ औ मिनेटमा दोस्रो गोल थपेका थिए ।
दोस्रो हाफको इन्जुरी समयमा लुकासले ह्याट्रिक पुरा गर्दै टोटेनहमको फाईनल यात्रा तय गराए ।
समग्रमा ३–३ को नतिजा निकाल्दै टोटेनहम अवे गोलका आधारमा फाइनल प्रवेश गरेको हो ।
जित सहित टोटनहमले जुन १ मा हुने फाईनलमा लिभरपुलसंगको भेट पक्का गरेको छ ।
मस्कोमा सन् २००८ मा म्यानचेष्टर युनाईटेड र चेल्सी फाइनलमा भिडेपछि पहिलो पटक ईङ्लिस क्लब च्याम्पियन्स लिगको फाईनलमा भिड्न लागेका हुन् ।
टोटेनहमले पुरानो युइएफए कप जितेपछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको फाईनल खेल्न लागेको हो ।