सिन्धुपाल्चोक । गोर्खा व्बाइज क्लब रुपन्देही नेपाल आइस चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय एपीएफलाई पेनाल्टी सुटआउटमा ४ – ३ ले पराजित गर्दै गोर्खाले उपाधि भिडन्त तय गरेको हो ।
उपाधिका लािग गोर्खाले आयोजक युथ स्पोर्टस् क्लब र जावलाखेल युथ क्लबको विजेतासँग खेल्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टीमा एपीएफका रवि थिंक र गोलरक्षक अमृत चौधरी चुके ।
गोर्खा ब्वाइजका रुपेश के सी, उत्तम गुरुङ, भरत शाह र सकल रेग्मीले गोल गरे । एपीएफको लागि रामकुमार कुमाल, हरी कार्की र प्रदिप लामाले मात्रै गोल गर्न सफल रहे ।
खेलको म्यान अफ दि म्याच गोर्खा ब्वाइजका रुपेश के सी भए । उनले नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोली हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।